सुन र चाँदीकै मूल्य घट्यो

काठमाडौं, २३ पुस । बिहीबार (आज) स्थानीय बजारमा सुन र चाँदीकै मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छपावाला सुनको मूल्य प्रतितोला १३०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य पनि १० रुपैयाँ घटेर कारोबार भइरहेको छ । हिजो सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

आज तेजावि सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला १० रुपैयाँ घटेर १३३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला १३४० रुपैयाँमा खरिद विक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *