Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

काठमाडौं ठोस फोहोरमैंला व्यवस्थापनका लागि परियोजना विकास सम्झौता प्रक्रिया अघि बढ्यो

काठमाडौं ठोस फोहोरमैंला व्यवस्थापनका लागि परियोजना विकास सम्झौता प्रक्रिया अघि बढ्यो

काठमाडौं, २३ फागुन । लगानी बोर्ड र नेपवेस्ट प्रा.लि.बीच परियोजना विकास गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । परियोजनाको लागत ५ करोड डलर रहेको छ । परियोजना विकास सम्झौताका लागि तयार गरिएको यो दस्तावेज मन्त्रिपरिषद्बाट अनुमोदन भएपछि उक्त कम्पनीसँग परियोजना विकास सम्झौताको बाटो खुल्छ । काठमाडौंका हरेक घरले महिनाको २१९ रुपैँयामा फोहोरमैला व्यवस्थापनको सेवा प्राप्छ गर्छन् ।
परियोजना विकास सम्झौता अघि बढाउने सहमतिपछि लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले दुई वर्षअघिदेखिको पहल सार्थक हुने क्रममा अघि बढेको उल्लेख गरे ।
इन्टिग्रेटेड सोलिड वेस्ट म्यानेजमेन्ट प्रोजेक्ट (प्याकेज १) नाम दिइएको यो परियोजनाले काठमाडौं महानगरपालिकाका अतिरिक्त दक्षिणकाली, चन्द्रागिरी, नागार्जुन, तारकेश्वर, टोखा, बुढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वर मनहरा र शंखरापुरा नगरपालिकालाई समेट्छ । यो परियोजना सार्वजनिक, निजी साझेदारीमा निर्माण हुनेछ । परियोजना विकास सम्झौता भएको ९ महिनामा वित्तिय व्यवस्थापन तथा सम्झौताको दुई वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्छ । २० वर्षको व्यावसायिक सञ्चालनपछि यो परियोजना सरकारलाई हस्तान्तरण हुने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x