आनमा धितालको नेतृत्वमा १४ सदस्यीय नयाँ कार्यसमिति चयन

काठमाडौं, २६ पुस । नेपाल विज्ञापन संघ (आन) मा सोम धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। हिजो सम्पन्न २१ औं बार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन भएको हो ।
आनमा बरिष्ठ उपाध्यक्ष स्वत: नयाँ कार्यकालको अध्यक्ष हुने व्यवस्था अनुसार धिताल अध्यक्ष भए पनि अन्य पदका लागि निर्वाचन भएको थियो ।
वरिष्ठ उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ निर्वाचित भएका छन् । संघको द्धितिय उपाध्यक्षमा पिताम्बर पोखरेल, महासचिव कृष्ण घिमिरे सहित १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।