Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन विस्तारको काम अघि बढ्दै

अमलेखगञ्ज–चितवन पेट्रोलियम पाइपलाइन विस्तारको काम अघि बढ्दै

वीरगञ्ज, २६ पुस । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना सफल भएपछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने काम अघि बढाएको छ । संघीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित काम शुरू भएको नेपाल आयल निगम (एनओसी)ले बताएको छ ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे अध्ययन भइरहेको नेपाल–भारत पाइप लाइन ज्वाइन्ट अध्ययन ग्रूप नेपालतर्फका संयोजक वीरेन्द्र गोइतलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र यसका लागि नेपाल तथा भारत सरकारबीच आपसी समझदारीपश्चात सर्भे सकिएपछि संयुक्त कार्यदलले डिपिआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ । लोथरमा एक लाख किलोलिटर पेट्रोलियम भण्डारण हुने बताइएको छ ।

यसअघि २०७६ भदौदेखि भारतको मोतिहारीबाट सो पाइप लाइनमार्फत अमलेखगञ्जस्थित निगमको डिपोमा डिजेल ल्याउने गरेकामा अब एक वर्षभित्र सोही पाइप लाइनमार्फत पेट्रोल ल्याउने गृहकार्य शुरु भएको एनओसी प्रदेश–२ प्रादेशिक कार्यालयका प्रमुख भरत रेग्मीको भनाइ छ ।
अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भई सञ्चालनमा आएपछि पश्चिमी तथा उत्तरी नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त हुने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x