Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक २२३९ विन्दुमा

नेप्से परिसूचक २२३९ विन्दुमा

काठमाडौं, २७ पुस । सोमवार शेयर बजार परिसूचक नेप्से झिनो अंकले बढेको छ । बजार निकै उतारचढाव पूर्ण रहेपनि अन्तमा परिसूचक ३.७० अंकले बढेर २२३९.४२ को विन्दुमा चढेको छ ।

नेप्सेको यो विन्दु अहिलेसम्मकै उच्च हो ।

आज सेन्सेटिभ इण्डेक्स ०.२२ प्रतिशत अर्थात ०.९६ अंक बढेर ४२९.३९ विन्दुमा पुगेको छ ।

परिसूचक बढेपनि कारोबार भने आइतबारको तुलनामा घटेको छ । आइतबार ६ अर्ब ३२ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको थियो । तर सोमबार २ सय ८ कम्पनीको ५ अर्ब ५२ करोड ४८ लाख रुपैयाँको मात्र शेयर कारोबार भएको छ । कारोबारका आधारमा सबैभन्दा धेरै हिस्सा सिद्धार्थ बैंकको रहेको छ । बैंकको ४२ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १२ समूहमध्ये ५ समूहको परिसूचक घटेको छ। सोमध्ये उत्पादन तथा प्रशोधन समूहको सर्वाधिक ४१.३२ अंकले घटेको छ । निर्जीवन बीमा समूहको भने सर्वाधिक १ सय ७६.९३ अंकले बढेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x