ट्राफिक प्रहरीले प्रतिनिधि नपठाएपछि सवारी लाइसेन्सको परीक्षा स्थगित
काठमाडौं, २७ पुस । बागमती प्रदेशको भौतिक पूर्वाधकार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरको छ ।
महानगरिय ट्राफिक प्रहरी महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षामा प्रहरी प्रतिनिधि नखटाएपछि आजदेखि अर्को सूचना जारी नगरेसम्मका लागि परीक्षा स्थगित गरेको मन्त्रालयले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले लाइसेन्स वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन माग गर्दै आजबाट परीक्षामा ट्राफिक प्रहरीका पनि खटाउन छाडेको हो । महाशाखाले यातायात व्यवस्था विभागलाई पत्र लेख्दै लिखित तथा प्रयोगात्मक परीक्षालाई परादर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव दिएको छ ।