Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

८६ प्रतिशतले बढ्यो नेपाली जडीबुटीको निर्यात

८६ प्रतिशतले बढ्यो नेपाली जडीबुटीको निर्यात

काठमाडौं, २८ पुस । कोभिड महामारीकै बीच नेपाली जडीबुटी निर्यातमा उत्साह देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो पाँच महीनामा नेपालबाट विभिन्न मुलुकमा रू. ५४ करोड ४० लाख बराबरको जडीबुटी निकासी भएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८६ प्रतिशत बढी हो ।
गत आवको मंसिर मसान्तसम्ममा रू. २९ करोड १७ लाख बराबरको मात्र निर्यात भएको थियो ।
एक महिना अवधिमै मुलुकबाट १३ करोड ८१ लाख बराबरको जडीबुटी निर्यात भएको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तसम्ममा कुल ४० करोड ५९ लाख रुपैयाँ बराबरको जडीबुटी निर्यात भएको थियो ।
उक्त अवधिमा भारततर्फ रू. ३१ करोड ३७ लाख मूल्य बराबरको जडीबुटी निकासी भएको छ, जुन गत आर्थिक वर्षको यही अवधिका तुलनामा ५९१ प्रतिशत बढी हो ।
चालू आवको चार महिना अवधिमा नेपाली जडीबुटीको निर्यात मुलुकतर्फ भने घटेको देखिन्छ । कात्तिक मसान्तसम्ममा रू. ११ करोड ४२ लाख बराबरको जडीबुटी मात्र तेस्रो मुलुकमा निर्यात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात रू. १९ करोड ३२ लाख बराबरको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x