नागरिक लगानी कोषको हकप्रद शेयर बिक्री खुला
काठमाडौं, २८ पुस । नागरिक लगानी कोषले आजदेखि ८२.८४ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ । कोषले १ः०.८२८४ अनुपातमा १ करोड ३५ लाख ९२ हजार कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो ।
प्रतिकित्ता १०० रुपैयाँको दरले शेयर भर्न सकिने जानकारी दिइएको छ । पुस १३ गतेसम्म कायम रहने शेयरधनीले माघ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । सि–आस्वाको माध्यमबाट आवेदन दिन सकिने यसको निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ रहेको छ ।