काठमाडौंमा बिहीबारदेखि जब फेयर हुँदै

काठमाडौं, २८ पुस । बिहीबारदेखि काठमाडौंको सोल्टी होटलमा नेपाल जब फेयर २०२१ सुरु हुने भएको छ । रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तरक्रिया गर्ने लक्ष्यसहित फेयर आयोजना गर्न लागिएको हो ।

एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलो पटक हुन लागेको नेपाल जब फेयर तीन दिनसम्म सञ्चालन हुनेछ । यसमा रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तरक्रिया हुने जानकारी दिइएको छ। जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्य लिएको छ । जब फेयर मार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संशाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने विश्वास लिइएको छ ।

जब फेयरमा एक सयभन्दा बढी रोजगारदाता र १ य ५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन गरिने र त्यसबाट ३ हजारभन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *