Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कुमारी बैंकले गर्यो ‘क्यू आर स्क्यान एण्ड विथड्रल’ सुविधाको थालनी

कुमारी बैंकले गर्यो ‘क्यू आर स्क्यान एण्ड विथड्रल’ सुविधाको थालनी

काठमाडौं, १ माघ । कुमारी बैंक लिमिटेडले ‘क्यू आर स्क्यान एण्ड विथड्रल’ सुविधाको थालनी गरेको छ । उक्त सुविधाअन्तर्गत कुमारी बैंकका ग्राहकहरुले बिना कार्ड वा चेक आफ्नो कुमारी स्मार्ट मोबाइल एप्लिकेसनमार्फत टेलरमा राखिएको क्यू आर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद विथड्र गर्न सक्नेछन् ।

ग्राहक वर्गले बैंकका हरेक शाखा तथा एक्सटेन्सन काउन्टरमा राखिएका क्यूआर कोड अंकित टेलर स्ट्यान्डमार्फत् उक्त सेवाको लाभ लिन सक्नेछन् । क्यू आर प्रणालीमार्फत निकालिने नगद कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग र कार्डको दैनिक कारोबार सीमाअन्तर्गत नै पर्नेछ ।

हाल बैंकले १९२ शाखा सञ्जाल, १५२ एटीएम, २३ शाखारहित बैंकिङ्ग इकाई १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x