Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौं, २ माघ । १९९० माघ २ गते भूकम्प गएको सम्झनामा आज (शुक्रवार) देशभर विभिन्न कार्यक्रम आयोजना गरी २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ ।
‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो । २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरू गरेको थियो ।
यो दिवस मनाउन थालेयता २०७२ वैशाख १२ गते शनिवार गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब ९ हजार मानिसको ज्यान लिएको थियो । उक्त भूकम्पबाट ८ लाखभन्दा बढी निजी घर र ९०० भन्दा बढी पुराताŒिवक सम्पदा भत्किएका थिए । सिन्धुपाल्चोक, दोलखा, गोरखा, रामेछाप, ओखलढुंगा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, ललितपुर र भक्तपुरमा भूकम्पले बढी क्षति पु¥यायो । अन्य १८ जिल्लामा आंशिक क्षति पुगेको थियो ।
दिवसका अवसरमा मूल समारोह समितिले भक्तपुर मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित कुमारी पार्कमा विशेष कार्यक्रम आयोजना गर्दै छ । यस अवसरमा भूकम्प सुरक्षा डिजिटल प्रदर्शनीको समेत आयोजना गरिने बताइएको छ । प्रदर्शनी माघ २ गते ३ बजेदेखि ५ बजेसम्म र माघ ३ देखि ५ गतेसम्म बिहान १० देखि १२ बजे, दिउँसो १२ः३० देखि २ः३० एवं दिउँसो तीनदेखि ५ बजेसम्म खुला रहनेछ । यस वर्ष कोरोना महामारी रहेकाले भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कार्यक्रम गरिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x