Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री खुला

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री खुला

काठमाडौं, २ माघ । हालसम्मको सबैभन्दा ठूलो प्राथमिक शेयर (आईपीओ) बिक्री खुला भएको छ । माघ २ गते शुक्रबार (आज) देखि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बिक्री खुला भएको हो ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्कासनमा ल्याएको छ । त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् । बैंकको आईपीओमा छिटोमा माघ ६ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिभित्र पूर्ण आवेदन नपरे माघ १६ गतेसम्म निष्काशन अवधि थपिनेछ ।

बैंकको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ ।

इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x