Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सुधारोन्मुख बन्दै कोभिड प्रभावित अर्थतन्त्र

सुधारोन्मुख बन्दै कोभिड प्रभावित अर्थतन्त्र

काठमाडौं, २ माघ । कोभिड–१९ संक्रमणका कारण २०७६ चैतदेखि प्रभावित भएको अर्थतन्त्र सुधारोन्मुख हुने संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनका अनुसार औद्योगिक कच्चा पदार्थ, इन्धन, पूँजीगत वस्तु लगायतको आयात क्रमशः बढ्न थालेको छ भने निर्यातमा समेत सुधार हुँदै गएको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धमा २०७७ कात्तिक–मंसिरमा गरेको पुनरावृत्ति सर्वेक्षणबाट समेत आर्थिक क्रियाकलापले गति लिन थालेको देखिएको केन्द्रीय बैंकले प्रतिवेदनमा उल्लेख गरेको छ ।

राष्ट्र बैंकले २०७७ जेठ–असारमा गरिएको सर्वेक्षणले ४.१ प्रतिशत उद्योग व्यवसाय मात्र पूर्ण सञ्चालनमा रहेको देखाएकोमा २०७७ कार्तिक–मंसिरमा ५४ प्रतिशत उद्योग÷व्यवसाय पूर्ण सञ्चालनमा रहेको देखिएको छ । बाँकी रहेकामध्ये पनि क्रमशः सञ्चालनमा आउने तयारीमा रहेको बताइएको छ ।
सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण उद्योग व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेको प्रतिवेदनमा भनिएको छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएकोे छ । गत असारको तुलनामा मंसिरमा उद्योग व्यवसाय सञ्चालन, कारोबार, उत्पादन लगायतमा आएको सुधारले कोभिड प्रभावित अर्थतन्त्र लयमा फर्किन थालेको संकेत गरेको उनले बताएका छन् ।

यसैगरी, कोभिड–१९ अगाडिको उद्योग व्यवसायको उत्पादन÷कारोबारकोे तुलनामा २०७७ जेठ–असारमा २९ प्रतिशत मात्र उत्पादन÷कारोबार रहेकोमा २०७७ कात्तिक–मंसिरमा त्यस्तो उत्पादन÷कारोबार ५० प्रतिशत पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x