Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको नाफा ६ करोड २८ लाख रुपैयाँ

दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्सको नाफा ६ करोड २८ लाख रुपैयाँ

काठमाडौं, ५ माघ । चालू आर्थिक वर्ष २०७७–०७८ को दोस्रो त्रैमासमा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफामा बृद्धि भएको छ । कम्पनीले पुस मसान्तसम्ममा ६ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले पहिलो त्रैमासमा २ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानी सामान्य बढेको छ । दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ११ करोड ६३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ । हाल कम्पनीको चुक्तापूँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x