Shangrila

मंगलबार शेयर बजारमा समान्य करेक्सन, कारोबार रकममा भने वृद्धि

काठमाडौं, ६ माघ । गत सातादेखि नै उकालो लागेको शेयर बजारमा मंगलबार (आज) भने सामान्य अंकले करेक्सन आएर बन्द भएको छ । आज नेप्से परिसूचक ५.५७ अंक घटेर २३२६.९० विन्दुमा झरेको हो । आज बजार २३६१.९९ विन्दुबाट खुलेको थियो । बजार खुलेदेखिनै परिसूचक ओरालो लागेको हो । कारोबार अवधिभर परिसूचक २३०४.४९ विन्दुसम्म झरेको थियो ।

आज कारोबार रकम भने वृद्धि भएको छ । हिजो ६ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ७ अर्ब ४६ करोड ७४ लाख रुपैयाँको शेयर कारोबार भएको हो । २०६ कम्पनीको १ करोड ६३ लाख ५ हजार १४१ कित्ता शेयर खरिद विक्री भएको छ ।

आज सर्वाधिक शेयर मूल्य वृद्धि गोर्खाज फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड, प्रोग्रेशिभ फाइनान्स लिमिटेडको भएको छ । यी कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको हो । आज गोर्खाज प्रतिशेयर मूल्य ३५२ रुपैयाँ कायम भएको छ । त्यस्तै नेपाल फाइनान्सको २९७ रुपैयाँ र प्रोग्रेशिभ फाइनान्सको प्रतिशेयर मूल्य १६५ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको ९१ करोड ९७ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये तीन वटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा उद्योग समूह १.३५ प्रतिशत, फाइनान्स समूह ३.५७ प्रतिशत र जीवन बीमा समूह ३.५५ प्रतिशत रहेका छन् ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *