Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

ठूला आन्तरिक विमानस्थल विस्तार तीव्र

ठूला आन्तरिक विमानस्थल विस्तार तीव्र

काठमाडौं, ६ माघ । मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ठूला आन्तरिक विमानस्थलको विस्तार र स्तरोन्नतिको कामलाई तीव्रता दिएको छ ।

क्यानको २२औं वार्षिक प्रगति प्रतिवेदनका अनुसार देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाई योजनाबद्ध रूपमा विकास तथा विस्तार गर्ने नीति अनुरूप झापाको चन्द्रगढी, मोरङको विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको धनगढी विमानस्थलको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न भएको राससले उल्लेख गरेको छ ।

विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तरराष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति गर्न प्रदेश नं १ सरकारले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र संघीय सरकारका तर्फबाट ५० प्रतिशत आर्थिक साझेदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थलको विकास र विस्तार गर्न प्रदेशले ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत आर्थिक साझेदारी गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको आन्तरिक हब विमानस्थलका रुपमा रहेको नेपालगञ्ज विमानस्थलमा छ आन्तरिक वायुयान बढी क्षमताको एप्रोन विस्तार कार्य सम्पन्न गत मङ्सिर १६ गतेबाट सञ्चालनमा आएको छ । उक्त एप्रोन छ वटा ए३२० जहाजलाई ‘पुस ब्याक अपरेशन’ गर्न सकिने गरी निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ । साथै धनगढी, भरतपुर र चन्द्रगढी विमानस्थलमा धावनमार्ग, ट्याक्सीमार्ग र एप्रोन कालोपत्र गर्ने कार्यसम्पन्न भएको छ ।

यस्तै जनकपुर विमानस्थलमा अत्याधुनिक ‘स्टेल स्ट्रक्चर’ प्रविधिबाट निर्मित टर्मिनल टावर भवन निर्माण भई हालै सञ्चालनमा आएको छ । महेन्द्रनगर विमानस्थलमा स्थानीय नगरपालिका तथा प्रदेश सरकारसँग सहकार्य गरी विमानस्थल विस्तार गर्न गुरुयोजना तयार पारिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x