Shangrila

अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिदै बाइडेन

काठमाडौं, ७ माघ । अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा जो बाइडेनले आज शपथ लिदैछन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपति निर्वाचनमा रिपब्लीकन पार्टीका डोनाल्ड ट्रम्पलाई हराएका डेमोक्रेट उम्मेदवार बाइडेनले आज शपथ लिन लागेका हुन् ।

ट्रम्पले आफ्नो हार स्विकार नगरेपनि सत्ता हस्तान्तरण गर्न बाध्य भएपछि संवैधानिक व्यवस्था अनुसार आज शपथ हुन लागेको हो । शपथ लगत्तै बाइडेनले आजैबाट कार्यभार समाल्नेछन् ।

शपथ समारोहकै लागि राजधानी वासिङ्टन डिसीलगायत देशका सबै ५० राज्यमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *