एनआईसी एशिया लघुवित्तद्वारा बीमा रकम हस्तान्तरण

काठमाडौं, ७ माघ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ज्योति लाइफ इन्स्योरेन्समा बीमा गराएका एक सदस्यलाई बीमा रकम प्रदान गरेको छ । संस्थाको बेलाशपुर शाखाले आफ्नो सदस्यको श्रीमतिको मृत्यु भएकोमा उक्त रकम मृतकको नगेन्द्र दास पटनावरलाई हस्तान्तरण गरेको हो ।

संस्थाले ज्योति लाइफ इन्स्योरेन्ससँगको सहकार्यमा लघुवित्तले आफ्ना सदस्य र सदस्यको परिवारको दुर्घटना बीमा गर्दै आएको छ ।

यस लघुवित्तले हाल १२० वटा शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *