Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मध्यमोदी जलविद्युत् आयोजना ७५ प्रतिशत सम्पन्न

मध्यमोदी जलविद्युत् आयोजना ७५ प्रतिशत सम्पन्न

पर्वत, ८ माघ । पर्वतको मोदी गाउँपालिकामा चौधरी ग्रूपले निर्माण गरिरहेको १५ दशमलव एक मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ । २०७१ देखि निर्माण शुरु भएको आयोजनाको झण्डै सात वर्षको अवधिमा उक्त प्रतिशत भौतिक प्रगति भएको हो ।

आयोजनाको अधिकांश भागको निर्माण अन्तिम चरणमा रहेको छ भने अहिले पावरहाउस निर्माणले तीव्रता पाएको छ । निर्माण शुरु भएपछि २०७२ को भूकम्प, नाकाबन्दी र समय–समयमा स्थानीयवासीको आन्दोलनका कारण समस्या झेल्दै आएको आयोजनाले पछिल्लो समय कोभिड–१९ का कारण केही समय रोकिनुपरे पनि अहिले तीव्रस्तरमा काम भइरहेको बताएको छ । समग्रमा हालसम्म ७५ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाका वरिष्ठ जनसम्पर्क अधिकृत अशोक आचार्यलाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

आयोजनाका अनुसार हेर्डबक्सको काम पूर्णरूपमा सम्पन्न भएको छ भने सुरुङमार्गको काम अन्तिम चरणमा छ ।

लामो समयसम्म प्रभावित पावरहाउस निर्माण अहिले तीव्रगतिमा भइरहेको छ । पावरहाउससँगै टेलरेस निर्माण गरिने छ । अन्य क्षेत्रको भन्दा बढी काम पावरहाउसको बाँकी छ । पावरहाउसको निर्माण जेठभित्रै सम्पन्न गरेर २०७८ असार मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x