Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

नेप्से परिसूचक २३७५ विन्दुमा, ७ अर्ब ७९ करोबाडको कारोबार

नेप्से परिसूचक २३७५ विन्दुमा, ७ अर्ब ७९ करोबाडको कारोबार

काठमाडौं, ८ माघ । सताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक ३१.८७ अंक बढेर बन्द भएको छ । परिसूचक वृद्धि भएसँगै शेयर बजार २३७४.६४ विन्दुमा उक्लिएको हो । आज ७ अर्ब ७९ करोड ८५ लाख रुपैयाँको शेयर खदिर विक्री भएको छ ।

२०९ कम्पनीको १ करोड ८१ लाख ५ हजार ६७१ कित्ता शेयर खदिर विक्री भएको छ । आज सर्वाधिक शेयर मूल्य वृद्धि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको १० प्रतिशतले शेयर मूल्य वृद्धि भएको हो । यो कम्पनीको प्रतिशेयर १ हजार ५१८ रुपैयाँ कायम भएको छ ।

सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यो कम्पनीको ५३ करोड ३३ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ । आज नेपाल लाइफको प्रतिशेयर मूल्य २ हजार ९०८ रुपैयाँ कायम भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक घट्नेमा बैंकिङ्ग समूह ०.२२ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.४३ प्रतिशत रहेका छन् । सर्वाधिक परिसूचक वृद्धि निर्जीवन बीमा समूह भएको छ । यो समूहको परिसूचक ४.९४ प्रतिशतले वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x