Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बढ्दै चीनसँगको व्यापार घाटा

बढ्दै चीनसँगको व्यापार घाटा

काठमाडौं, ११ माघ । नेपालको दोस्रो छिमेकी मुलुक चीनसँगको व्यापार घाटा बढ्दै गएको छ । भन्सार विभागको तीन आर्थिक वर्षको पहिलो ६ महिनामा नेपाल र चीनबीच भएको आयात–निर्यातको तथ्यांकले यस्तो देखाएको हो ।

विभागका अनुसार चालू आवको पुस मसान्तसम्ममा नेपालमा चीनबाट ९६ अर्ब ३२ करोड ५२ लाख ८३ हजार रुपैयाँको वस्तु आयात भएको छ । सोही अवधिमा चीनतर्फको निर्यात ५० करोड ७८ लाख ६१ हजार रुपैयाँको मात्र भएको छ । यस अवधिमा चीनसँग ९९.४७ प्रतिशतले व्यापार घाटा भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७६÷७७ को पहिलो ६ महिनामा चीनबाट १ खर्ब १८ अर्ब बराबरको आयात भएको छ । सोही अवधिमा चीनतर्फ भने नेपालबाट १ अर्ब १ करोडको मात्रै निर्यात भएको छ । यसले सो अवधिमा चीनसँग मुलुकको व्यापार घाटा १ खर्ब १७ अर्ब अर्थात् ९९.१५ प्रतिशत रहेको देखाउँछ ।

यसैगरी अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को पहिलो ६ महिनामा चीनबाट १ खर्ब ५२ करोड रुपैयाँ बराबरको आयात भएको थियो । सोही अवधिमा नेपालबाट चीनतर्फ १ अर्ब ११ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो । सो अवधिमा चीनसँग नेपालको व्यापार घाटा ९८.९ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x