Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

ग्रीन लाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

ग्रीन लाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं, ११ माघ । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । स्थानीय बासिन्दाका लागि जारी गरिएको शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता आईपीओ यसैमा समायोजन गरिएको छ ।

निष्कासन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो शेयर खरिदका लागि माघ २७ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x