Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आजदेखि शेयर कारोबारमा ‘टी प्लस टू’ लागू

आजदेखि शेयर कारोबारमा ‘टी प्लस टू’ लागू

काठमाडौं, ११ माघ । आजदेखि शेयर कारोबारमा ‘टी प्लस टू’ लागू भएको छ । सीडीएस एन्ड क्लियरिङले माघ ११ गतेदेखि ‘टी प्लस टु’ लागू गर्न निर्देशन दिएसँगै आजदेखि नयाँ व्यवस्था लागू भएको हो ।

‘टी प्लस टू’ लागू भएपछि शेयर कारोबार गरेको अर्को दुई दिनभित्र कारोबार राफसाफ हुनेछ । यो प्रणाली लागू भएपछि शेयर खरिदकर्ताले रकम भुक्तानी छिटो गर्नुपर्नेछ भने खरिद गरेको शेयर लगानीकर्ताको खातामा छिट्टै नै आउने छ ।

यसअघि ‘टी प्लस थ्री’ को राफसाफ चक्र कायम थियो । नेपाल धितोपत्र बोर्डले अनुमतिपछि सीडीएस एन्ड क्लियरिङले माघ ११ गते ‘टी प्लस टू’ मा झार्न सरोकारवालालाई निर्देशन दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x