जलविद्युत् विकास कम्पनी : चालू आवमा १८२ मेगावाटका चार आयोजाना सम्पन्न हुँदै
काठमाडौं, १३ माघ । जलविद्युत् लगानी तथा विकास कम्पनीले चालू आर्थिक वर्षभित्रै १८२ मेगावाट क्षमताका थप चार जलविद्युत् आयोजना सम्पन्न हुने बताएको छ । यस्तै अन्य पाँच आयोजना निर्माणाधीन रहेको कम्पनीद्वारा हालै सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीको स्वपूँजीतर्फ कुल १ हजार ५४० मेगावाट क्षमताका पाँच आयोजना तथा चार सम्बन्धित क्षेत्रका कम्पनीमा ९ अर्ब ४५ करोड लगानी गरिसकेको कम्पनीले बताएको छ । यस्तै ४७६ मेगावाट क्षमताका १३ वटा आयोजनामा रू. १० अर्ब ८८ करोड ऋण लगानी गरेको र लगानी गरेका आयोजनामध्ये ९०.६ मेगावाट क्षमताका चार आयोजना सञ्चालनमा आइसकेको उल्लेख छ ।
कम्पनीले आगामी आर्थिक वर्ष २०७८÷७९ भित्र जलविद्युत् आयोजनामा १० अर्ब ७६ करोड स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको छ । कम्पनीले कुल ३ हजार ३३९ मेगावाट क्षमताका २३ आयोजनामा उक्त स्वपूँजी लगानी गर्ने लक्ष्य राखेको बताएको छ ।
साथै, ऋण लगानीतर्फ कुल २ हजार ८१० मेगावाट क्षमताका थप १४ आयोजना समेत गरी रू. १२ अर्ब ६७ करोड पु¥याउने लक्ष्य रहेको कम्पनीद्वारा सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । यस्तै आगामी १५ वर्षभित्र विद्युत् प्रसारण लाइनतर्फ रू. १ खर्ब लगानी गर्ने लक्ष्य रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छविराज पोखरेलले बताए ।