Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना

कुमारी बैंकको आकर्षक डिजिटल इन्सेन्टिभ योजना

काठमाडौं,१४ माघ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई लक्षित गरी डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन दिने उद्देश्यले आकर्षक इन्सेन्टिभ योजना सुरु गरेको छ । उक्त योजना अन्तर्गत पौस १ पश्चात् कुमारी बैंकको मोबाइल एप्लिकेसन “ कुमारी स्मार्टमा ” रजिष्टर भएका ग्राहकहरुले वार्षिक मोबाइल रेजिस्ट्रेसन शुल्कमा १ सय रुपैयाँ फिर्ता पाउनेछन् ।

सो रकम फिर्ता पाउन ग्राहकवले रेजिस्ट्रेसन गरेको मितिदेखि ३ महिनाभित्रमा कुमारी स्मार्ट मार्फत २ हजार रुपैयाँ सम्मको कारोबार गरेको हुनुपर्नेछ ।

सो कारोबारमा कुमारी स्मार्ट मार्फत गरिएका हरेक क्यू आर भुक्तानी, टपअप तथापानी, बिजुली, इन्टरनेट, टिभी भुक्तानीलगायत स्कुल कलेजको बिलभुक्तानी समेत सम्मिलित हुनेछन् । यो योजना सिमित अवधीको लागि मात्र रहने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x