Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

होटेल संघ र केन्द्रीय ट्रेड युनियन संघ-संगठनबीच नयाँ सम्झौता

होटेल संघ र केन्द्रीय ट्रेड युनियन संघ-संगठनबीच नयाँ सम्झौता

काठमाडौं, १४ माघ । होटेल संघ नेपाल (हान) र ट्रेड युनियनबीच १० बुँदे नयाँ सामूहिक सहमति भएको छ । संघ र युनियनबीच यसअघि भएको पारिश्रमिक सम्बन्धी सम्झौता पुस १६ गते सकिएको र हालसम्म पर्यटन क्षेत्रमा कोभिड–१९ का कारणले कुनै सुधार नआएकाले श्रमिक तथा कर्मचारीको जीवनयापनसहित रोजगारीमा सहजीकरण गर्ने उद्देश्यले नयाँ सम्झौता भएको संघले बताएको छ ।

उक्त सम्झौता अनुुसार पाँचतारे होटेलले श्रमिक तथा मजदुरलाई मासिक पाँच हजार, चारतारे होटेलले चार हजार, तीनतारे होटेलले तीन हजार, दुईतारे होटेलले दुई हजार ५००, एकतारे होटेलले मासिक दुई हजार रुपैयाँ दिने सहमति भएको छ । पर्यटकस्तरीय होटेलका श्रमिक तथा कर्मचारीको हकमा भने सञ्चालक र कर्मचारीबीचको आपसी सहमतिमा निर्धारण हुनेछ ।

कोभिड–१९ को महामारीका कारण सरकारद्वारा गरिएको बन्दाबन्दीबाट होटेल व्यवसाय पूर्ण रूपमा ठप्प भई व्यवसाय धरासायी हुन गएको अवस्थामा त्यस्ता प्रतिष्ठानहरूमा कार्यरत् कर्मचारीहरूको पारिश्रमिक भुक्तानीसम्बन्धी समस्या समाधान र व्यवस्थापन गर्न नयाँ सहमति गरेको संघका महासचिव साजन शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x