१८ अंकले बढेको बजार २४४१.८५ विन्दुमा, ८ अर्ब बढीको शेयर कारोबार
काठमाडौं, १४ माघ । मंगलबार (हिजो) १७ अंकले करेक्सन भएको बजार बुधबार (आज) भने पुनः बढेर बन्द भएको छ । आज १८.७६ अंक वृद्धि भएर नेप्से परिसूचक २४४१.८५ विन्दुमा रोकिएको हो । हिजोको तुलनामा परिसूचक ०.७७ अंकले वृद्धि भएको छ । आज सेन्सेटिभ इन्डेक्स भने घटेर बन्द भएको छ ।
२०८ कम्पनीको १ करोड ५२ लाख ८९ हजार २५९ कित्ता शेयर ८ अर्ब ६२ लाख रुपैयाँमा खदिर विक्री भएको छ । सर्वाधिक शेयर मूल्य वृद्धि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो । नेपाल लाइफको प्रतिशेयर मूल्य २ हजार ४११ रुपैयाँ कायम भएको छ । आज नेपाल लाइफको नै सर्वाधिक मूल्यको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको ९३ करोड १६ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
कारोबारमा आएका १२ समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । सर्र्वाधिक पसिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक ६.२५ प्रतिशतले वृद्धि भएको छ ।