Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

ओखती साबुनको सद्भावना दूतमा सामाजिक अभियान्ता भुसाल

ओखती साबुनको सद्भावना दूतमा सामाजिक अभियान्ता भुसाल

काठमाडौं, १४ माघ । श्री जयकाली जडीबुटी उद्योग प्रा.लिको उत्पादन ओखती साबुनको सद्भावना दूतमा सामाजिक अभियान्ता अर्जुन भुसाल नियुक्त भएका छन् । कम्पनीले हिजो एक कार्यक्रमको आयोजना गरि भुसाललाई सद्भावना दूत नियुक्त गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक शोभाकान्त बस्यालले भुसाललाई दूत नियुक्त गरेको प्रमाणपत्र प्रदान गरे । आगामी दिनमा व्यवसायसँगै सामाजिक अभियानमा पनि जोडिदै सामाजिक सेवामा लाग्ने प्रबन्ध निर्देशक बस्यालले जानकारी दिए ।

यस कम्पनीका उत्पादनहरुले विगत १२ बर्षदेखि स्वदेशी र विदेशी बजारमा आफ्नो पहिचान बनाउन सफल भएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x