Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

रसुवागढी नाकाबाट अझै सहज भएन आयात

रसुवागढी नाकाबाट अझै सहज भएन आयात

रसुवा, १७ माघ । रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात अझै सहज हुन सकेको छैन । कोभिड–१९ का कारण मानिसको आउजाउ पूर्णरूपले बन्द भए पनि गत असारदेखि दैनिक तीन कन्टेनर मात्र सामग्री आयात भइरहेको छ ।

आयात सहज नहुँदा व्यवसायी मर्कामा परेकाले आयात परिमाण बढाइदिन जिल्ला प्रशासन कार्यालय रसुवाले चिनियाँ पक्षलाई आग्रह गरेको छ । नाकाबाट आयात अत्यन्तै न्यून भएपछि व्यापारी व्यवसायी मारमा परेको र राजस्वमा आएको कमीलाई ध्यान दिँदै सामग्रीको परिमाण बढाइदिन कार्यालयले अनुरोध गरेको हो ।

नाकामा चालक तथा सामान लैजाने भरियासमेत क्वारेन्टिनमा राखी पूर्ण सुरक्षाको व्यवस्थापन गरिएकाले माल सामग्री आयातमा कमी आएको बताइएको छ । आयात बढाउने व्यवस्थापन मिलाइदिन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बताएका छन् ।
रसुवा भन्सार कार्यालयले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा करिब २ अर्ब राजस्व असुली गरेको छ । चालू आवको साउनदेखि हालसम्म १ हजार २२३ मालवाहक कन्टेनर भन्सार हाताबाट बाहिरिएको र भन्सार शुल्कबापत एक अर्ब ८१ करोड ६२ लाख ६४ हजार राजस्व संकलन भएकोे कार्यालयका प्रवक्ता नरेन्द्रप्रसाद चौधरीले जानकारी दिएका छन् ।

प्रवक्ता चौधरीका अनुसार उक्त नाकाबाट थोरै परिमाणमा तयारी कपडा, जुत्ता, चप्पल, रोलकपडा, ससाना सवारीसाधन, खाद्यवस्तु, विद्युत् उत्पादनका उपकरण जस्ता सामग्री आयात भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x