Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिभिल बैंक र एभरेस्ट इन्स्योरेन्स बीच निर्जीवन बीमा सेवा विस्तार गर्ने सम्झौता

सिभिल बैंक र एभरेस्ट इन्स्योरेन्स बीच निर्जीवन बीमा सेवा विस्तार गर्ने सम्झौता

काठमाडौं, २५ फागुन । सिभिल बैंक लिमिटेडले निर्जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एभरेस्ट इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेस्ट इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे ।

यस सम्झौताबाट एभरेस्ट इन्स्योरेन्सको निर्जीवन वीमा सेवालाई विना झन्झट प्रदान गरी आफ्ना ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वितहुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । साथै बैंकले यस अघि मेटलाइफ र एल.आई.सी. नेपालसंग सम्झौता गरी जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x