Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

२७ वाणिज्य बैंकले रोके एनआइसी एसियासँगको अन्तर बैंक कारोबार

२७ वाणिज्य बैंकले रोके एनआइसी एसियासँगको अन्तर बैंक कारोबार

काठमाडौं, २५ फागुन । २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका छन् । बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदर नबढाउने प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै नेपाल बैंकर्स संघमा आवद्ध बैंकहरुले तत्कालका लागि अन्तर बैंक वित्तीय कारोबार बन्द गरेका हुन् ।

शुक्रबार आकस्मिक रुपमा बसेको संघको बैठकले एनआईसी एसियासँग कुनैपनि अन्तर बैंक कारोबार नगर्ने निर्णय गरेको जनाइएको छ । गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए । सहमति लगत्तै एनआईसी एसिया बैंकले बचतको ब्याजदर ८ प्रतिशतमा ओरालेको दावी बैंकर्स संघको छ । तर, बिहीबार फेरि एनआईसी बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x