नेपालमा बार्षिक ५ अर्वको माछा आयात, दानामा पनि भारतकै भर

युवराज पन्त
काठमाडौं, २५ फागुन । एक तथ्यांक अनुसार नेपाल बार्षिक ५ अर्व रुपैयाँ भन्दा बढीको माछा आयात हुने गरेको छ । नेपालमा छिमेकी मुलुक भारत सहित भियतनाम, थाइल्याण्ड र बंगलादेश सम्मको माछा आयात हुने गरेको छ ।
नेपाल माछा व्यवसायी महासंघका अम्विका प्रसाद अधिकारीका अनुसार नेपालमा उत्पादित माछाले मुल मागको करिब ४५ प्रतिशत मात्र धानेको छ । विशेषगरी कमन कार्प, सिल्भर कार्प, विगहेड कार्प, ग्रास कार्प, राहु, रेन्बो ट्राउट, नैनी, भाकुर लगायतका गरी ८ आठ किसिमका माछा नेपालमा पाइन्छ । नेपाल सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत माछा पकेट क्षेत्रका रुपमा बारा, धनुषा र रुपन्देहीलाई सुपर जोनको रुपमा घोषणा गरेको छ । त्यहाँ उत्पादित माछा विक्रिका लागि स्थानिय बजार लगायत काठमाडौं, पोखरा, विराटनगर,घनगढी लगायतका ठाँउमा हुने गरेको अध्यक्ष अधिकारीले जानकारी दिए ।
नुवाकोटमा व्यवसायीकरुपमा खेति हुदैं आएको रेन्बो ट्राउट माछाको राम्रो वजार भाउ भएतापनि बढी लागत खर्च, बजारीकरण जस्ता कारणले यसले व्यापकता भने पाउन सकेको छैन ।
त्यस्तै माछाका लागि आवश्यक दाना समेत भारतवाट आयात गर्ने गरिएको छ । सरकारले तयारी दानामा ५ प्रतिशत र मेट्रियलमा १ प्रतिशत कर लगाएको अधिकारीले जानकारी दिए । माछा व्याबसायमा करिब १ लाख २० हजार भन्दा बढि व्यक्ति प्रत्यक्ष संलग्न रहेको र करिव २ लाख भन्दा बढीले अप्रत्यक्ष रोजगारी पाएको पनि उनले जानकारी दिए ।