Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

बन्दको प्रभाव देखिएन शेयर बजारमा, ८.३४ अंकले वृद्धि भएको बजारमा ७ अर्ब ६१ करोडको कारोबार

बन्दको प्रभाव देखिएन शेयर बजारमा, ८.३४ अंकले वृद्धि भएको बजारमा ७ अर्ब ६१ करोडको कारोबार

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले गरेको देशव्यापी आम हड्तालको प्रभाव विभिन्न क्षेत्रमा देखिएको भएपनि शेयर कारोबारमा भने खासै देखिएन । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) आमहड्तालकै दिन नेप्से परिसूचक भने ८.३४ अंकले वृद्धि भई २४७५.२६ विन्दुमा रोकिएको छ । अनलाइनबाट शेयर कारोबार गर्न थालेपछि लगानीकर्तालाई बन्द र हट्तालले खासै फरक नपारेको अनुमान छ ।

आज २०१ कम्पनीको ७ अर्ब ६१ करोड ५० लाख रुपैयाँमा १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता शेयर खरिद विक्री भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २७ करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । यो कम्पनीको शेयर मूल्य १ हजार ५९३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सर्वाधिक शेयर मूल्य वृद्धि सूर्याेदय लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज यो कम्पनीको शेयर मूल्य १ हजार ९२५ रुपैयाँ कायम भएको छ । त्यसैगरी अन्य १४ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

आज कारोबारमा आएका ६ वटा समूहको परिसूचक घटेको छ भने ६ वटा समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x