Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

टेलिकमद्वारा डिजिटल पेमेण्ट्स कम्पनी स्थापना, अधिकांश कारोबार मोबाइलबाटै गर्न सकिने

टेलिकमद्वारा डिजिटल पेमेण्ट्स कम्पनी स्थापना, अधिकांश कारोबार मोबाइलबाटै गर्न सकिने

काठमाडौं, २३ माघ । मोबाइलबाटै अधिकांश आर्थिक कारोबार गर्न सकिनेगरी नेपाल टेलिकमले डिजिटल पेमेण्ट्स कम्पनी स्थापना गरेको छ । मोबाइलबाट फाइनान्सियल सेवा सञ्चालनका लागि टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको संयुक्त लगानीमा उक्त कम्पनी स्थापना गरेको हो । यससँगै उपभोक्ताले मोबाइलबाटै विभिन्न आर्थिक कारोबार गर्न सक्ने बताइएको छ ।

डिजिटल पेमेण्ट्स लागि आवश्यक पूर्वाधारको तयारी भइरहेकाले छिट्टै सेवा शुरू हुने टेलिकमले बताएको छ । यो प्रविधिसँगै डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन, नगदरहित समाजको निर्माण र वित्तीय पहुँच विस्तार गरी सुशासन तथा वित्तीय कारोबारमा पारदर्शिता कायम गर्न सकिने बताइएको छ ।

यसैबीच, बिहीवार नेपाल टेलिमकम १७ वर्ष पूरा गरी १८ औं वर्ष प्रवेश गरेको छ । वार्षिकोत्सव अवसरमा कम्पनीले सेवाग्रहीका जिज्ञासा तथा प्रश्नको स्वचालित तबरले जवाफ दिने च्याट बोर्ड सेवा शुरू गरेको छ ।
वार्षिकोत्सव अवसरमा टेलिकमले बिहीवारदेखि नै लागू हुनेगरी मुलुकभर फोरजी मोबाइल चलाउन मिल्ने गरी आकर्षक सुविधासहित फोरजी वायरलेस होम ब्रोडब्यान्ड सर्भिस, मेसिन टु मेसिन डाटा र एसएमएस प्याक सेवा शुरू गरेको छ ।

अबदेखि एफटीटीएच वा तारवाला टेलिफोन नपुगेका अथवा वाईफाई सेवा उपलब्ध नभएका तर वायरलेस माध्यमबाट धेरै डाटा चलाउने देशभरिका फोरजी प्रयोगकर्ताले सीपीई कस्टमर प्रमिसेस इक्युपमेन्ट प्रयोग गरी सुलभ दरमा फोरजी वायरलेस होम ब्रोडब्यान्ड सेवाबाट इन्टरनेट प्रयोग गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x