Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अलैंची र चियाको निर्यातमा सुधार

अलैंची र चियाको निर्यातमा सुधार

काठमाडौं, २३ माघ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट अलैंची र चियाको निकासीमा सुधार भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार गत आर्थिक वर्षको पुस मसान्तसम्मको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यी दुई वस्तुको निर्यात परिमाण बढेको छ ।

गत आवको ६ महिनामा नेपालबाट २ अर्ब ५१ करोड ८२ लाख १० हजार बराबरको अलैंची निकासी भएको थियोे । चालू आवको सोही अवधिमा ३ अर्ब ८१ करोड ७६ लाख ४१ हजार बराबरको निकासी भएको केन्द्रको तथ्यांक छ । गत आवको साउनदेखि पुससम्ममा ३१ लाख ३२ हजार ८३७ किलो अलैंची निकासी भएकोमा चालू आवको सोही अवधिमा ४७ लाख ७५ हजार ९८३ केजी निर्यात भएको छ ।

सोही अवधिमा चियाको निर्यात पनि बढेको छ । यस आवको साउनदेखि पुससम्ममा चिया निकासी गएको वर्षको यसै समयको तुलनामा ५१ दशमलव ६ प्रतिशतले बढेको हो । कफी तथा चिया विकास बोर्डको तथ्यांक अनुसार गत आवको पुससम्ममा ६७ लाख २२ हजार १९० किलो चिया निकासी भएकोमा चालू आवको यसै अवधिमा बढेर ८७ लाख ८५ हजार ७२३ किलो निकासी भएको छ । गत वर्षभन्दा यस वर्ष नेपाली चियाले अब्बल मूल्य पाएको देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x