Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सेञ्चुरी बैंक र आठबिसकोट नगरपालिकाबीच सहुलियत कर्जासम्बन्धी सम्झौता

सेञ्चुरी बैंक र आठबिसकोट नगरपालिकाबीच सहुलियत कर्जासम्बन्धी सम्झौता

काठमाडौं, २६ माघ । कृषि क्षेत्रको व्यावसायिकतामार्फत आत्मनिर्भर नगरपालिका निर्माणका लागि सेञ्चुरी कमर्सियल बंैक र आठबिसकोट नगरपालिका (पश्चिम रुकुम) बीच सहुलियतपूर्ण कर्जा सहजीकरण कार्यक्रम संचालन गर्ने सम्झौता भएको छ । आठबिसकोट नगरपालिकामा “कृषक सहकार्य समुह”मार्फत त्यस क्षेत्रमा संभावना भएका कृषि, वनजन्य व्यवसाय, प्रांगारिक एवं उच्च मूल्यका कृषि उत्पादन र कृषि व्यवसायीकरणका लागि बैंकले सहज र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्य रहेको छ । उक्त सम्झदारी पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र नगरपालिकको तर्फबाट नगर प्रमुख गोर्खबहादुर के.सी.ले हस्ताक्षर गरेका छन् ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२० शाखा १० वटा एक्सटेन्सन काउन्टर, २१ बान्चलेस बैंकिङ ८८ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x