Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोभिड महामारीकै बीच ११.१ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह

कोभिड महामारीकै बीच ११.१ प्रतिशतले बढ्यो विप्रेषण आप्रवाह

काठमाडौं, २६ माघ । कोभिड महामारीकै बीच मुलुकमा विप्रेषण आप्रवाह दोहोरो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमवार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले वृद्धि भएर ४ खर्ब ९५ अर्ब ३१ करोड पुगेको छ ।

गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.९ प्रतिशतले बढेको थियोे ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७७.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १७.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६८.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.५ प्रतिशतले बढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x