निर्माण व्यवसायीको माग सम्बोधन गर्न सरकार तयार छ : अर्थमन्त्री पौडेल
काठमाडौं, २६ माघ । अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीका माग सम्बोधन गर्न सरोकारवाला निकायसँग छलफल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिमण्डलसँगको भेटमा उनले व्यवसायीका केही माग अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले समाधान खोजिने प्रतिबद्धता जनाएका हुन ।
सार्वजनिक खरीद नियमावली नै संशोधन गरी निर्माण व्यवसायीका माग सम्बोधन गर्न महासंघले अर्थमन्त्री पौडलेको ध्यानाकर्षण गराएको छ ।
महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरिवाना, ब्याज र थप दस्तुर छुटलगायतका विषयमा मन्त्री पौडेलको ध्यानाकर्षण गराउँदै समस्या समाधानका उपायसमेत पेश गरेको छ ।