अमेरिकाले इरानामाथिको नाकाबन्दी तत्काल नहटाउने
काठमाडौं, २६ माघ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इरानमाथि लगाइएको नाकाबन्दी तत्काल नहटाउने जानकारी दिएका छन् । एक सञ्चार माध्यमलाई अन्तर्वार्ता दिदै उनले इरानले युरेनियमको प्रयोगसम्बन्धी कार्य बन्द नगर्दासम्म प्रतिबन्ध नहटाउने प्रष्ट पारेका हुन ।
इरानमाथिको प्रतिबन्ध हटाउने हो भने यसभन्दा अगाडि नै इरान वार्ताको टेबलमा आउने र आणविक सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने गर्नुपर्ने राष्ट्रपति बाइडेनको भनाई छ। इरानका विदेशमन्त्री मोहमद जभाद जारिफले गत शनिवार अमेरिकाले आफूहरुमाथि अवैधानिक रुपमा नाकाबन्दी लगाएको बताएका थिए । त्यस लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनको यो प्रतिक्रिया दिएका हुन ।