Date

मङ्ल, पुस १, २०८२
Tue, December 16, 2025

विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त

विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त

काठमाडौं, २७ माघ । मुलुकको बैंकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चिति १२.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.९ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ ।

२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले वृद्धि भई २०७७ पुस मसान्तमा १४ खर्ब ९३ अर्ब ७५ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ पुस मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १३ खर्ब १८ अर्ब ६६ करोड पुगेको छ ।

यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा २०७७ पुस मसान्तमा ०.४ प्रतिशतले कमी आई १ खर्ब ७५ अर्ब ९ करोड कायम भएको छ ।

२०७७ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.७ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *