Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

वैदेशिक व्यापार : निर्यात तथा आयात वृद्धिदर घट्यो

वैदेशिक व्यापार : निर्यात तथा आयात वृद्धिदर घट्यो

काठमाडौं, २७ माघ । चालू आर्थिक वर्षको ६ महिनामा मुलुकको निर्यात वृद्धिदर र आयात दुवैमा ह्रास आएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पुस मसान्तसम्ममा कुल वस्तु निर्यात ६.१ प्रतिशतले वृद्धि भई रू. ६० अर्ब ८० करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो यस्तो निर्यात २६.१ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार चालू आवको ६ महिनामा भारत तथा अन्य मुलुकतर्पm क्रमशः ८.४ प्रतिशत र ४.० प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पmको निर्यातमा ५०.० प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, पश्मिना, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

यस्तै समीक्षा अवधिमा कुल वस्तु आयात ४.८ प्रतिशतले घटेर रू. ६ खर्ब ६१ अर्ब २५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ३.५ प्रतिशतले वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशः १८.५ प्रतिशत र १७.४ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एमएस बिलेट, सुन, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x