रू रूले आगामी फागुन ७ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाडौं, २८ माघ । रू रू जलविद्युत् परियोजना लिमिटेडले आगामी फागुन ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ प्रति शेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि उक्त आईपिओ निष्कासन गर्ने भएको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्म आवेदन दिन सकिने छ । निष्कासन बन्द फागुन २१ गते रहेको छ भने आवेदन कम परेमा ढिलोमा चैत ८ गते बैंकिङ्ग समयसम्म आवेदन खुला रहने छ ।
यो आयोजनाको प्रतिमेगावाट लागत रु। १४ करोड ८९ लाख ४ हजार ३८२ रहेको छ ।
त्यस्तै कुल लागत ७४ करोड ४५ लाख २१ हजार ९१० रहेको छ । आयोजनाले आर्थिक वर्ष २०७७र७८ को आश्विन मसान्तसम्ममा कुल ५ करोड १२ लाख ४८ हजार ४७६ बराबरको विद्युत उत्पादन गरी प्राधिकरणलाई बिक्री गरेको अवस्था रहेको छ ।
शेयर विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।