Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

निजीक्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सुधार

निजीक्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा सुधार

काठमाडौं, २८ माघ । बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जामा करीब ३ प्रतिशतले सुधार आएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाबाट निजीक्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ११.३ प्रतिशत, विकास बैंकहरूको १५.३ प्रतिशत र वित्त कम्पनीहरूको ०.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.९ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो ।

चालू आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x