Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उतारचढावका बीच नेप्से परिसूचक १६.११ अंकले घट्यो, ८ अर्बको कारोबार

उतारचढावका बीच नेप्से परिसूचक १६.११ अंकले घट्यो, ८ अर्बको कारोबार

काठमाडौं, २९ माघ । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक घटेर बन्द भएको छ । दैनिक नयाँ–नयाँ रेकर्ड बनाउँन सफल भएको शेयर बजार आज २५६५ विन्दुसम्म पुगी १६.११ अंक घटेर २५२६.९२ विन्दुमा रोकिएको हो । कारोबार अवधिभर परिसूचक २५२४ विन्दुसम्म झरेको थियो ।

आज २०६ कम्पनीको १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर ८ अर्ब ४१ करोड रुपैयाँमा खरिद विक्री भएको छ । कारोबारमा आएका १२ समूहमध्ये बैंकिङ्ग समूह, विकास बैंक समूह र म्युचुअल फण्ड समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । आज बैंकिङ्ग समूहको परिसूचक ०.६ प्रतिशत, विकास बैंक समूहको परिसूचक ०.७७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक ०.२२ प्रतिशतले वृद्धि भएको छ । आज सर्वाधिक परिसूचक घट्नेमा लघुवित्त समूह रहेको छ । यो समूहको परिसूचक २.८८ प्रतशितले घटेको छ ।

सर्वाधिक शेयर मूल्य वृद्धि चन्द्रागरी हिल्स लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य ५.०३ प्रतशितले वृद्धि भएको छ । आज यो कम्पनीको प्रतिशेयर मूल्य १८८ रुपैयाँ कायम भएको छ । सर्वाधिक मूल्यको शेयर खरिद विक्री डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य घटेर ५६ करोड ६३ लाख रुपैयाँको शेयर खरिद विक्री भएको हो ।

आज सपोर्ट माईक्रोफाइनान्स र डिप्रोक्स लघुवित्तको शेयर मूल्य सर्वाधिक घटेको छ । सपोर्टको १० प्रतशित र डिप्रोक्स लघुवित्तको ९.९९ प्रतिशतले शेयर मूल्य घटेको हो । यी कम्पनीको प्रतिशेयर मूल्य क्रमशः २,११५ रुपैयाँ र १९७३ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x