Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पूर्वाधारमा लगानीका लागि १० अर्ब रुपैयाँको कोष सञ्‍चालनमा ल्याइने, सरकारले पाँच प्रतिशत लगानी गर्ने

पूर्वाधारमा लगानीका लागि १० अर्ब रुपैयाँको कोष सञ्‍चालनमा ल्याइने, सरकारले पाँच प्रतिशत लगानी गर्ने

काठमाडौं, २९ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको जनाएको छ ।

अर्थ मन्त्रालयमा बसेको बैठकमा स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारको तर्फबाट पूर्व सहमति बमोजिम पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्‍चालन गर्न रकम सहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न एनआरएनएका अध्यक्ष कुमार पन्तलाई आग्रह गरे ।

एनआरएनएका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ताको प्रकृया रहेको बताउँदै छिट्टै दर्ता भइ काम सुरु हुने बताए । उनका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत शयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको शेयर रहने छ । गैरआवासीय नेपालीहरुले लगानीका लागि आइपिओ जारी गरिनेछ ।

अध्यक्ष पन्तले लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरु आइसकेको जानकारी दिए ।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायत सहभागी थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x