Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नयाँ सवारीमा अनिवार्य गरिँदै इम्बोस्ड नम्बर प्लेट

नयाँ सवारीमा अनिवार्य गरिँदै इम्बोस्ड नम्बर प्लेट

काठमाडौं ३० माघ । सरकारले नयाँ खरिद गरिने सबै सवारीसाधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य गर्ने भएको छ । इम्बोस्ड नम्बर प्लेट लिने सवारीसाधनको संख्या कम भएपछि सरकारले नयाँ सबै सवारीसाधनमा यसलाई अनिवार्य गर्न लागेको हो ।

नयाँ सवारीसाधन दर्ता गर्दा नै इम्बोस्ड नम्बर प्लेट दिइने विषयमा छलफल भइरहेको यातायात व्यवस्था विभागले बताएको छ । गत साउनमा इम्बोस्ड नम्बर प्लेट वितरण शुरु गरिएको भए पनि कोभिड–१९ का कारण अहिलेसम्म थोरैले मात्रै लिएका छन् । सरकारी, निजी, सार्वजनिक, कूटनीतिक नियोग, संस्थान गरी सबै सवारीसाधनमा अनिवार्य गरिने सवारी साधन विभागका निर्देशक रामचन्द्र पौडेललाई उद्धृत गर्दै राससले उल्लेख गरेको छ ।

पहिले नयाँमा अनिवार्य गरेपछि विस्तारै पुरानो सवारीसाधनमा पनि अनिवार्य गरिँदै जाने विभागको तयारी छ ।

सो नम्बर प्लेट शुरु गरिएको सात महिनामा अहिलेसम्म पाँच हजार ६०० सवारीसाधनले मात्रै नम्बर प्लेट लिएका छन् । विभागले पहिलो चरणमा सबै सरकारी सवारीसाधनलाई यसको प्रयोग अनिवार्य गरेको छ । आगामी महिनाभित्र सबै सरकारी सवारीसाधनले लिइसक्नुपर्ने भने पनि अहिलेसम्म इम्बोस्ड नम्बर प्लेट लिने सवारीसाधनको संख्या पाँच हजार ६०० मात्रै पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र वाग्मती प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले गत साउन १० मा यसको वितरण शुरुआत गरेका थिए । सवारी धनीले सो नम्बर प्लेटका लागि तोकिएको बैंकमा राजस्व बुझाउनुपर्ने विभागले बताएको छ । दुईपांग्रे सवारीसाधनका लागि दुई हजार ५००, चारपांग्रे साना तथा मझौला सवारीका लागि रु तीन हजार दुई र ठूला सवारीका लागि तीन हजार ६०० राजस्व जम्मा गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x