तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा चालिसे विजयी

काठमाडौं, २ फागुन । तुलसीपुर उद्योग बाणिज्य संघमा रामप्रसाद चालिसे विजयी भएका छन् । आईतबार विहान सार्वजनिक भएको मतपरिणाम अनुसार संयुक्त व्यवसिायक प्यानलबाट उम्मेदवार बनेका चालिसे ८ सय २९ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्द्वी कांग्रेस सम्बद्ध प्रजातान्त्रिक प्यानलका हिमाल बस्नेतले ७ सय ९५ मत प्राप्त गरेका छन् । संघको पदाधिकारीमा संयुक्त व्यबसायीक प्यानलले अध्यक्षसहित बाणिज्य उपाध्यक्ष, खुल्ला उपाध्यक्ष, महासचिब, कोषाध्यक्षमा जित हात पारेको छ भने प्रजातान्त्रिक प्यानलले उद्योग उपाध्यक्ष,सचिब र सहकोषाध्यक्ष विजयी भएका छन् ।

यस्तै खुल्ला उपाध्यक्षमा संयुक्त व्यबसायीक प्यानलका रुपबहादुर खत्री विजयी भएका छन् । त्यस्तै बाणिज्य उपाध्यक्षमा संयुक्त व्यबसायीक प्यानलकै मिनराज भण्डारी र उद्योग उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका ललितजंग शाह बिजयी भएका छन् । महासचिबमा संयुक्त व्यबसायिक प्यानलकै विनिल केसी र कोषाध्यक्षमा देवबहादुर केसी विजयी भए । सचिब र सह–कोषाध्यक्षमा प्रजातान्त्रिक प्यानलका खुशलराम शर्मा र कमल गौतम विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *