Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्से परिसूचक ३३ अंक घटेर २४९३ विन्दुमा, ६ अर्ब ९२ करोडको कारोबार

नेप्से परिसूचक ३३ अंक घटेर २४९३ विन्दुमा, ६ अर्ब ९२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार (आज) नेप्से परिसूचक ३३.३३ अंक घटेर २४९३.५९ विन्दुमा बन्द भएको छ । २५३६.४७ विन्दुदेखि खुला भएको आजको बजार २५३७ विन्दुसम्म पुगेर तल झरेको हो ।

बिहीबार ८ अर्ब ४१ करोड रुपैयाँ बराबरको १ करोड ६० लाख ५८ हजार ४५८ कित्ता शेयर खदिर विक्री भएकोमा आइतबार २०२ कम्पनीको ६ अर्ब ९२ करोड ७६ लाख रुपैयाँको १ करोड ४८ लाख ५१ हजार कित्ता शेयर कारोबार भएको हो ।

आज कुल कारोबारमा सर्वाधिक हिस्सा नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । उक्त कम्पनीको ५२ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीकोे शेयरमूल्य पनि ७.४० प्रतिशतले बढेको छ । नेको पछि यस दिन नेपाल बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । नेपाल बैंकको ३६ करोड ६० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आजबाट दोस्रो बजारमा कारोबारमा आएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । प्रतिकित्ता ३४० रुपैयाँदेखि खुला भएको उक्त कम्पनीको अन्तिम मूल्य ३७४ रुपैयाँ कायम भएको छ । एकै दिन प्रतिकित्ता ३४ रुपैयाँले कम्पनीको शेयरमूल्य बढेको हो ।

त्यस्तै कर्पोरेट डेभलपमेण्ट बैंक र नेको इन्स्योरेन्सको शेयरमूल्य पनि यस दिन ७ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x