Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मौद्रिक नीतिको समिक्षा पछि नेप्सेमा हरियाली, शेयर कारोबार पनि साढे १० अर्बको

मौद्रिक नीतिको समिक्षा पछि नेप्सेमा हरियाली, शेयर कारोबार पनि साढे १० अर्बको

काठमाडौं, ३ फागुन । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ। नेप्से परिसूचक ९२.४२ अंकले बढेर २५८६.०१ विन्दुमा चढेको छ भने कारोबार पनि १० अर्ब रुपैयाँ भन्दा बढीको भएको छ।

कारोबारमा आएका १२ वटै समूहको उपसूचकमा सुधार देखिएपछि समग्रमा नेप्से बढेको हो । कारोबार पनि २०५ कम्पनीको १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार रुपैयाँको भएको छ। सेन्सेटिभ इन्डेक्स पनि १५.३३ अंकले बढेर ४६९.४४ विन्दुमा छ ।

मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाको प्रतिक्षामा रहेका लगानीकर्ताहरु समिक्षा मार्फत नेपाल राष्ट्र बैंकले शेयर सम्बन्धि व्यवस्थामा कुनै परिवर्तन नगरेपछि थप आकर्षित भएको बताइएको छ ।

यस्तै सोमबार सबैभन्दा धेरै किसान, फरवार्ड कम्युनिटि, सामुदायिक र ग्रामिण विकास, मिथिला, छिमेक, स्वाभिमान, उन्नती सहकार्य, एनएमबी र आशा लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् । यी सबै लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भएको छ।

सबैभन्दा धेरै शेयर कारोबार भने निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको भएको छ। यस संस्थाको सोमबार ७० करोड ४८ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ भने दोस्रोमा नविल बैंक रहेको छ । नविलको पनि ६८ करोड रुपैयाँ बढीको शेयर कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x