Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बढ्दै बाह्य पर्यटक आगमन

बढ्दै बाह्य पर्यटक आगमन

काठमाडौं, ४ फागुन । नेपालमा कोभिड महामारीको प्रभाव तुलनात्मक रूपमा कम हुँदै गएसँगै पर्यटक आगमनमा सुधार देखिन थालेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउँदै सरकारले गत कात्तिकमा बाह्य पर्यटक आगमन खुला गरेको थियो । यससँगै विदेशी पर्यटक आगमन क्रमशः बढ्न थालेको हो ।

अध्यागमन विभागको पछिल्लो चार महिनाको तथ्यांक हेर्दा बाह्य पर्यटक आगमन मासिक रूपमा बढ्दै गएको देखिन्छ । विभागका अनुसार सरकारले पर्यटक आगमन खुला गरेपछि अक्टोबर महिनामा मुलुकमा १ हजार ८७४ जना बाह्य पर्यटक आएका थिए । नोभेम्बरमा यो संख्या बढेर १ हजार ९४७ पुगेको छ ।

त्यसैगरी डिसेम्बर महिनामा ४ हजार २४५ जना विदेशी पर्यटक नेपाल आएकोमा नयाँ वर्षको पहिलो महिना अर्थात् जनवरीमा करिब दोब्बर बढेर ८ हजार ८७४ जना आएका छन् । उक्त तथ्यांकले नेपालमा आगामी दिनमा विदेशी पर्यटक आगमन बढ्दै जाने देखिएको छ ।

जनवरीमा धेरै पर्यटक आउने देशमा भारत, चीन र अमेरिका रहेका छन् । सो अवधिमा २ हजार ८६५ जना भारतीय पर्यटक आएका छन् । यस्तै चीनबाट १ हजार ६६६ जना र अमेरिकाबाट ५२४ जना पर्यटक नेपाल आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x